बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, राष्ट्रपतिको कदमबारे छलफल

२०७९ आश्विन ५, बुधबार ११:४० बजे

काठमाडौँ : सत्ता गठबन्धनको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको हो । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनबाट पारित भएको नागरिक विधेयक प्रमाणीकरण नगरेका सन्दर्भमा केन्द्रित भएर छलफल भइरहेको छ ।

‘राष्ट्रपतिजीले गर्न नहुने काम गर्नुभएको छ, यो असंवैधानिक कदम हो, गठबन्धनको लागि सह्य विषय छैन,’ ती नेताले भने, ‘अबको बाटो के हुने भन्नेबारे गठबन्धनमा छलफल चलिरहेको छ । निष्कर्षमा पुगेपछि गठबन्धनको तर्फबाट संयुक्त रूपमा प्रतिक्रिया आउन सक्छ ।’

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दल सिट बाँडफाँटको विषयमा समेत छलफलमा छन् । कार्यदलका सदस्य नेताहरूसमेत बालुवाटारमा जम्मा भएर छलफल गरिरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार