लोकप्रिय अभिनेत्री सामन्थाका फ्यानहरुको लागि दुखद खबर

२०७९ आश्विन ५, बुधबार ११:५३ बजे

एजेन्सी : भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छिन् । यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् ।

उनलाई छालासँग सम्बन्धित् रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्छ । यो रोग सूर्यको किरण छालामा सिधा सम्पर्कमा आएपछि लाग्छ । यहीकारण सामन्था कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएकी छैनन् ।

अभिनेत्रीले डाक्टरको सल्लाहमा कामबाट ब्रेक लिएकी छन् । उनका फ्यानहरुले अभिनेत्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

उनी केही समयअघि नयाँ फिल्म ‘खुशी’को सुटिङमा व्यस्त थिइन् । तर यो रोगका कारण उनले सुटिङ बिचमा नै रोक्नु परेको थियो । उनी उपचारका लागि विदेश जानुपरेपछि निर्माता तथा निर्देशकले केही समयका लागि फिल्मको काम रोकेका हुन् । फिल्ममा सामन्थाका साथ विजय देवरकोण्डाको पनि अभिनय छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार