राष्ट्रपतिको कदमले संविधानको अपमान भएको गठबन्धनको ठहर

२०७९ आश्विन ५, बुधबार १२:०८ बजे

काठमाडौं : सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारसँग बाेल्दै कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदमलाई गम्भीर रूपमा लिइएको बताए । राष्ट्रपतिले आफूसँग नभएको अधिकार प्रयोग गरेको उनकाे आराेप छ ।

खतिवडाले भने, ‘आफूलाई नपाएको अधिकार अर्काको इसारामा प्रयोग गर्दा त्यसको असर भोलि के पर्छ भन्ने कुरा उहाँले बुझ्नुपर्ने थियो । त्यो बुझ्नुभएन ।’ उनले राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने पनि बताए ।

राष्ट्राध्यक्ष नै संविधान नमान्ने काम भएको गठबन्धन नेताहरूको दाबी छ । ‘संविधान नमान्ने काम राष्ट्राध्यक्ष नै भयो । यसलाई गम्भीर रूपमा लिएका छौँ । अब संयुक्त विज्ञप्तिमार्फत आधिकारिक धारणा आउँछ’, बैठकपछि पत्रकारहरूसँग उनले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार