सुन चाँदीको मूल्य घट्यो

२०७९ आश्विन ५, बुधबार १२:३१ बजे

काठमाडौं : आज बुधबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३ सय रुपैयाँ, तेजावी सुनको ९० हजार ८ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला तोकिएको छ ।

मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर सुनको मूल्य छापावाल प्रतितोला ९१ हजार ८ सय, तेजावी ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै मंगलबार तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि बुधबार घटेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार