हिन्दी प्रेमगीत ३ हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ? राजेशपायल

२०७९ आश्विन ५, बुधबार १२:५५ बजे

काठमाडौं : गायक राजेशपायल राई पछिल्लो समय टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन् । टीभीको पर्दामा पनि उनी बेलाबेलामा आफ्ना विचार राखिरहेका हुन्छन् । यतिबेला नेपाली मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ विवादले पनि ‘राई इज किङ’लाई नछुने कुरै भएन । राजनीति, समाज र अन्य मामिलामा पनि चासो राखिरहने यी गायकले ‘प्रेमगीत ३’ विवादमा मुख खोलेका छन् ।

फेसबुकमा उनी लेख्छन्, ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?’ हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले प्रेमगीत ३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोलाएका छलफलमा खड्काले यी कुरा बोले पनि अहिलेसम्म उनी अभिव्यक्तिको अडानमा कायमै छन् । यस्तोमा खड्काको उक्त अभिव्यक्तिलाई चुनौती दिंदै गायक राईले यस्तो स्टाटस लेखेका हुन् ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर पनि अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने बताएको छ । यो विवादलाई लिएर सेलिब्रिटी पक्ष र विपक्षमा विभाजित भइरहेका छन् । फेसबुकमा उनले यस्तो लेखेका छन् :

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार