अधिकार खेर नफालौं : निर्वाचन आयोग

२०७९ आश्विन ५, बुधबार १४:४३ बजे

काठमाडौँ : निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नका लागि अपिल गरेको छ। बुधबार आयोगले मतदानका लागि अपिल गर्दै आफ्नो अधिकार खेर नफाल्न मतदातालाई अनुरोध गरेको छ।

सरकारले ४ मंसिरका लागि घोषणा गरेको आम निर्वाचनका लागि दलहरु तयारीमा लागिसकेका छन्। आयोगले पनि आफ्नो तयारीलाई तिव्र बनाएको छ।

निर्वाचन कार्यक्रम सुरु भइसकेको छ। दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने दलहरुको समानुपातिक बन्दसूची आयोगले लिइसकेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार