समृद्धि फाइनान्सले बिस्तार गर्यो आठौं शाखा जनकपुरमा

२०७९ आश्विन ५, बुधबार १३:१० बजे

काठमाडौं : समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुर जनकपुरमा सन्चालन गरेको छ । आज एक औपचारीक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन गरेको हो ।

समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले आठ वर्ष आठ महिनामा पैसा तेब्बर, १२ वर्ष आठ महिनामा पैसा पाँच गुणा र १६ वर्ष पाँच महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।

आजबाट समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरुबाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।यसका साथसाथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार