श्रीमान खुसी पार्ने ८ गोप्य टिप्स

२०७९ आश्विन ५, बुधबार १५:३० बजे

काठमाडौँ : हरेक विवाहित महिला आफ्नो श्रीमानलाई खुसि राख्न चाहान्छन् । तर कतिपय कारण र श्रीमानको भावनालाई बुझ्न नसक्दा उनीहरुले श्रीमानलाई खुसि पार्न सकिरहेका हुदैँनन् । यस्तो अवस्थामा श्रीमान्लाई कसरी खुसि पार्ने भन्ने बिषयमा महिलाहरु चिन्तित हुन्छन् । तर केहि यस्ता टिप्सहरु छन् जसले सहजै श्रीमानलाई खुसि राख्न सकिन्छ ।

सुन्ने बानीको विकास
धेरै विवाहित पुरुषहरुको आम गुनासो भनेकै श्रीमतीको धेरै बोल्ने बानी हो । श्रीमतीहरुमा केवल आफ्नो कुरा मात्र सुनाउने गर्दछन् । त्यसकारण आफु कम बोलेर श्रीमानको कुरा पनि सुन्ने वा त्यसलाई पालना गरेमा यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

श्रीमानको रुची
प्राय महिला विवाहपछि आफ्नो आकंक्षालाई श्रीमानले पुरा गरुन् भन्ने चाहान्छन् । तर श्रीमानको पनि केहि शौख र रुचि हुन्छ । तर त्यसमा कतिपय महिलाले ध्यान दिदैनन् । त्यसैले श्रीमान खुसी राख्न उनको रुची र चाहना बुझ्न आवश्यक छ ।

बचत गर्ने बानी
सबै त होइन तर कतिपउ श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अनावश्यक शिर्षक र खर्चमा पैसा उडाउँछन् । तर कुनै पनि श्रीमानलाई यो चित्त बुझ्दैन । त्यसैले श्रीमान खुसी पार्न नचाहिदो शिर्षकमा खर्च गर्ने बानी रोक्नु पर्दछ ।

लामो विवाद नगर्ने
हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् । तर कतिपय श्रीमतीहरु श्रीमान्संग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरीरहेका हुन्छन् । यसले श्रीमानलाई झर्काे बनाउँछ । र उनी श्रीमतीकै कारण तनावमा आउने गर्दछन् ।

एक्लै योजना नबनाउने
हरेक मानिसले स्वतन्त्रता पाउनु पर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह कुनै पनि निर्णय एक्लै लिने बानिले तपाईलाई श्रीमान्बाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउँदा श्रीमानसंग अनिवार्य सल्लाह लिए यसले श्रीमानलाई खुसि पार्न सक्छ ।

कुरा नलुकाउने/झुठ नबोल्ने
श्रीमान श्रीमतीको सम्बन्ध, विश्वासको सम्बन्ध हो । त्यसैले श्रीमानलाई धोका हुने गरी कुनै पनि कुरा लुकाउने वा झुठ बोल्नु हुदैँन । अन्यथा सम्बन्ध झनै बिग्रेर जान सक्छ ।

श्रीमानको परीवारलाई सम्मान
हरेक मानिसलाई आफ्ना आमाबुवा प्यारो लाग्छन । विवाहपछि श्रीमतीको जस्तै श्रीमानका पनि परीवारले सम्मान पाउनु पर्छ । यसमा श्रीमतीले माइतीको कुरा गरेर घरको परिवार हेप्ने, सम्मान नदिने वा कुनै अपमान गरे श्रीमान तपाईंबाट दुखी हुन सक्छन् ।

यौन सुख
यौन सुखका बिषयमा पुरुषहरु निकै संवेदनशिल हुन्छन् । कामको चाप वा आफुमा यौन इच्छा नभएको बेला पनि श्रीमान्लाई यौनसुख दिनुपर्छ भन्ने होइन । तर श्रीमतीले श्रीमानको भावना अनुसार यौनसुख दिन सके यसले श्रीमानलाई खुसि तुल्याउने गर्दछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार