नेप्सेमा दोहोरो अंकको वृद्धि

२०७९ आश्विन ५, बुधबार १५:४८ बजे

काठमाडौं : १ असोजदेखि निक्षेपको ब्याजदर बढाउन बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा पाँचौ कारोबार दिनमा आएर सुधार भएको छ । नेपाल बैंकर्स संघको ३० भदौ बिहान बसेको बैंठकले निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गर्दै १२.१३ प्रतिशत ब्याजदर पुर्‍याउने निर्णय गरेपछि सोही दिनदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

२९ भदौमा १९८१.४८ अंकमा बन्द भएको नेप्से ३० भदौदेखि ४ असोजसम्म लगातार चार कारोबार दिनमा १४३.८८ अंकको गिरावट भएको थियो । तर, आज पाँचौ कारोबार दिनमा भने नेप्सेमा दोहारो अंकको सुधार भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.२२ अंक (०.६१ प्रतिशत) ले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार