कपनको ट्रेकिङ अफिसमा भिषण आगलागी, १ जनाको मृत्यु

२०७९ आश्विन ५, बुधबार २१:०१ बजे

काठमाडौं : कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा आएको छैन । मृतकको पहिचान खुलेको छैन । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार