पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

२०७९ आश्विन ५, बुधबार २१:५३ बजे

काठमाडौं : नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा उनलाई प्रवेश गराउने कार्यक्रम राखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउने भएका हुन् । रातोपाटीसँग कुरा गर्दै पूर्व आईजीपी खनालले मुलुकको समुन्नतिका लागी एमालेमा आबद्ध भएर काम गर्न लागेको बताए । उनले भने–‘मेरो कुनै स्वार्थ छैन, देशहितमा केही गरौँ भनेर नै नेकपा एमालेलाई रोजेको हुँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए । महानगरीय अपराध महाशाखाको प्रमुख हुँदा उनकै निर्देशनमा गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टर गरिएको थियो । खनाल आईजीपी हुँदा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध कुमार पौडेललाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार