ललितपुर-२ मा ४ हजार ७ सय मत गन्दा एमालेको अग्रता

२०७९ मंसिर ५, सोमबार ०७:१८ बजे

ललितपुर : ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना भएको निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले बताइन्।

त्यसमध्ये नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्। नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ७ सय ७७, हाम्रो नेपाली पार्टीका सुदिन शाक्य*ले ८ सय ९७ र राप्रपका रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्। मतगणना जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार