अशान्त बाजुरा : थप एक जनाको मृत्यु, प्रहरीको राइफल अझै भेटिएन

२०७९ मंसिर ५, सोमबार ०७:५७ बजे

बाजुरा : बाजुरामा दुई समूहबीच भएको झडपमा परी थप एक जनाको मृत्यु भएको छ । गए राति नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएको बयलपाटा अस्पतालका प्रमुख डा. मन्दिप पाठकले जानकारी दिए । यसअघि आइतबार दुई समूहबीचको झडपमा प्रहरीले बल प्रयोग गर्दा सुरेन्द्र ऐडी (संजिव) को मृत्यु भएको प्रहरीले जनाएको छ । सो झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवरसहित ३ जना घाइते भएका थिए ।

यस्तै झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन्। इन्सास राइफल अझै फेला नपरेको प्रहरीले बताएको छ । आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार