काठमाडौं ७ मा घण्टी अगाडि, लौरो दोस्रो

२०७९ मंसिर ५, सोमबार ०९:०४ बजे

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १७७ मतसहित अग्रता लिएका हुन् ।

स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) चौथो स्थानमा छन् । एमालेका घिमिरेले ९३ मत पाउँदा माओवादी केन्द्रकी भट्टराईले ७५ मत पाएकी छन् ।

हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार