विश्वकपमा आज तीन खेल हुँदै

२०७९ मंसिर ५, सोमबार ०९:३२ बजे

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ ।

समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ ।

यता इरान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । आज नै हुने समूह ‘ए’ को खेलमा सनेगलले नेदरल्यान्ड्सँग भिड्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार