१० हजार मत गन्दा ललितपुर-२ मा एमालेको अग्रता कायमै, सत्ता गठबन्धनका उम्मेदवार चौथो स्थानमा

२०७९ मंसिर ५, सोमबार ०९:५६ बजे

ललितपुर : ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।

अहिलेसम्म १० हजार ८८ मतगणना भएकोमा एमालेका प्रेम बहादुर महर्जनले २ हजार ९ सय ८० मत ल्याएका छन्।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत ल्याएका छन्।

राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत ल्याएका छन्।

मतगणना जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार