कास्की-२ मा १७ सय मत गन्दा रास्वपाको अग्रता कायमै, एमालेकी विद्या भट्टराई दोस्रो

२०७९ मंसिर ५, सोमबार १०:०९ बजे

पोखरा : कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार १७०४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५२८ मत प्राप्त गरेका छन्।

उनलाई एमालेकी विद्या भट्टराईले ३९७ मत ल्याएर पछ्याइरहेकी छिन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत ल्याएका छन्।

यसैगरी राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका छन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका रविन्द्र अधिकारी निर्वाचित भएका थिए। पछि उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विद्या भट्टराई निर्वाचित भएकी थिइन्।

मतगणना जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार