रुपन्देही–१ मा ११ बजेदेखि मतगणना हुँदै

२०७९ मंसिर ५, सोमबार १०:३७ बजे

रुपन्देही : प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनअन्तरगत रुपन्देही क्षेत्र नं. १ को मतगणना सोमबार विहान ११ बजेदेखि शुरु हुने भएको छ ।

रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा हुने मतगणनाबारे राजनीतिक दलहरु छलफलमा छन् । सर्वदलीय छफलमा ११ बजदेखि मतगणना शुरु गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भूसाल र एमाले सचिव छविलाल विक मुख्य प्रतिस्पर्धी उम्मेदवार छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected].com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार