ललितपुरका तीन वटै क्षेत्रमा एमालेको अग्रता

२०७९ मंसिर ५, सोमबार १०:३२ बजे

ललितपुर : ललितपुरका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता लिएका छन्। ललितपुर क्षेत्र नम्बर १ मा अहिलेसम्म १२७८ मत गणना भएको छ। नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ६६७ मत ल्याएका छन् भने यहाँ नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जवराले ४०२ मत ल्याएका छन्।

ललितपुर क्षेत्र नम्बर २ मा १० हजार ८८ मत खसेको छ। ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।अहिलेसम्म १० हजार ८८ मतगणना भएकोमा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९ सय ८० मत ल्याएका छन्।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत ल्याएका छन्। राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत ल्याएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार