मतगणनाको नतिजा देखेर, अब हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न: रवि लामिछाने

२०७९ मंसिर ५, सोमबार १०:४९ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्। चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिकृया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे।

चितवन-२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार