घट्यो सुन र चाँदीको भाउ, कति पुग्यो?

२०७९ मंसिर ५, सोमबार ११:३४ बजे

काठमाडौं :  नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ। त्यस्तै चाँदीका भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार