कांग्रेसको विजयी सुरुवात, मुस्ताङका योगेश बने पहिलो सांसद

२०७९ मंसिर ५, सोमबार ११:५७ बजे

काठमाडौं : हिमालपारिको जिल्ला मुस्ताङबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार