डलरको भाउ स्थिर रहँदा घट्यो युरो, आज कतिमा हुँदैछ किनबेच?

२०७९ मंसिर ५, सोमबार १२:०६ बजे

काठमाडौं  : सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँमा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।

त्यस्तै, आज युरोपियन युरोको एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १३५ रुपैयाँ २६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८८ पैसा कायम गरिएको थियो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५५ रुपैयाँ २ पैसा र बिक्रीमा १५५ रुपैयाँ ७३ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ४६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ४८ पैसा तोकिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार