मोरङमा सुरु भयो मतगणना

२०७९ मंसिर ५, सोमबार १४:०३ बजे

विराटनगर : मोरङको ४ क्षेत्रमा मतदान सुरु भएको छ । मोरङ क्षेत्र नम्बर ६ को सुन्दर हरैँचा नगरपालिकाको ज्योति मावि क, ख र ग मतदान केन्द्रबाट मत गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यी नै केन्द्रबाट प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकको मत गणना पनि सुरु भएको उनले बताए । मोरङ क्षेत्र नम्बर ४, ५ र ६को विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालयमा मत गणना सुरु भएको हो ।

त्यस्तै क्षेत्र नम्बर ३ को पनि मतगणना सुरु भएको निर्वाचन अधिकृतले जनाएका छन् । मोरङ क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतले मतगणना ढिला भएको भन्दै दलका नेता कार्यकर्ताहरूले मत गणना गर्न दबाब सुरु गरेका छन् ।

सर्वदलीय बैठक १ बजे बस्ने भनिएको भनेर निर्णय गरेको भए पनि कुनै पनि तयारी नभएको भन्दै दलका कार्यकर्ताले बाहिर दबाब दिएका छन् । मोरङको क्षेत्र नम्बर १ मा अझै सर्वदलीय बैठक अझै बस्न सकेको छैन ।

सर्वदलीय बसेर मत गणना हुने जनाइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार