चितवन-२ मा मतगणना सुरु, सय मत गन्दा रवि लामिछाने ५ अंक प्राप्त तेस्रो स्थानमा

२०७९ मंसिर ५, सोमबार १५:०५ बजे

काठमाडौं : यस आमनिर्वाचनमा सबैको चासोको विषय बनेको चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

सय मतको गण्ना सकिँदा पोखरेलले ५३ मतका साथ अग्रस्थान कायम गरेका हुन् । कांग्रेसका उमेशलाल श्रेष्ठले उनलाई पछ्याउँदै ३३ मत ल्याएका छन् । चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ५ मत मात्र छ ।

विभिन्न सर्वेक्षणहरुले यस क्षेत्रमा रवि लामिछानेले जित्ने भविष्यवाणीहरु गरिरहेका छन् । त्यसले मत गणना अघि बढ्दा लामिछानेले छिट्टै अग्रता बनाउन उनका समर्थकको विश्वास छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार