चितवन २ : ३ सय मत गन्दा पोखरेललाई अग्रता, लामिछाने तेस्रो

२०७९ मंसिर ५, सोमबार १५:३० बजे

काठमाडौँ : चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार बनेपछि चर्चामा रहेको यो निर्वाचन क्षेत्रमा सुरुवाती मतगणनाको परिणाम आएको हो ।

सुरुवाती ३०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले १५० मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठले ९७ मत प्राप्त गरेका छन् । रास्वपाका रवि लामिछानेले भने २५ मत प्राप्त गरेका छन् । यो इच्छाकामना गाउँपालिकाको मत गणनाको परिणाम रहेको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार