चितवन-२ मा ७ सय मत गन्दा रवि लामिछानेलाई ४३ मत

२०७९ मंसिर ५, सोमबार १६:४४ बजे

चितवन : चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार