सर्लाही-२ मा राजेन्द्र र महिन्द्रबीच कडा टक्कर

२०७९ मंसिर ५, सोमबार १९:४८ बजे

काठमाडौं : सर्लाही क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो र सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवबीच कडा टक्कर देखिएको छ।

प्रारम्भिक मतगणनाअनुसार लोसपाका राजेन्द्र महतोले ४ सय ५ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवले ४ सय २४ प्राप्त गरेका हुन्।

एमालेका राजनारायण साहले १०८ मत ल्याएका छन्। मतगणना जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार