झापा-१ मा विश्वप्रकाशले लिए अग्रता

२०७९ मंसिर ५, सोमबार २०:३५ बजे

झापा: झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले करिब १५ सय मतले अग्रता लिएका छन् ।

सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा विश्वप्रकाशलाई हराउँदै नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार