जुन दिन घर फर्के त्यै दिन श्रीमतीको हत्या गरे

२०७९ आश्विन ६, बिहीबार ११:५९ बजे

कैलाली : कैलालीको गौरीगंगा नगरपालिका-५ की ३२ वर्षीया ललिता नामजाली मगरको बुधबार राति हत्या भएको छ । उनको हत्या भारतको रोजगारीबाट फर्केकै दिन श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीका अनुसार हत्या गरिएको अवस्थामा ललिताको शव बिहीबार बिहान भेटिएको हो । उनकी १७ वर्षीया छोरी लक्ष्मी नामजाली मगरमाथि पनि धारिलो हतियार प्रहार गरिएको र हाल गम्भीर घाइते अवस्थामा उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

छोरा विजय नामजाली भने सामान्य घाइते छन् । घटनापछि फरार शेरबहादुरलाई पक्राउ गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार