अन्नन्त बालेनको पक्षमा उभिए हर्क साम्पाङ

२०७९ आश्विन ६, बिहीबार १२:४० बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको फोहोर नउठेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्याङ्गे गरे । उनले सामाजिक संजालमा लेखे, ‘काठमाडौँको फोहोर उठ्न पनि म काठमाडौँ जान पर्ने भयो ।’

उनी कार्यालयको काम लिएर काठमाडौँ आएका बेलामा महानगरपालिकाले केही मात्र फोहोर उठाएको थियो । त्यही विषयलाई लिएर हर्कले ब्याङ्ग्या गरेका थिए । उनको उक्त स्टाटरले निकै आलोचित बनायो । त्यसको जवाफमा बालेनले ‘तपाईँको चुनाव चिन्ह लौरोका कारण मैले चुनाव जितेको’ भन्दै जवाफ फर्काए । उनीहरुबीचमा लामो समय यस्तैखालको दोहोरी चल्यो ।

हर्कका हरेक स्टाटसमा धेरैले बालेनलाई लक्षित गरेको अर्थ लगाउन थाले । यही कारण काठमाडौँ र धरानबीच एकखालको द्वन्द सृजना भएको विश्लेषण हुन थाल्यो । त्यसपछि काठमाडौँमा बालेनले फोहोर तह लगाए भने हर्कले धरानमा श्रमदानबाट पानी पुर्याए । यता बालेनको डोजरले अबैध संरचना भत्काउन थालेपछि चर्चा ह्वात्तै चुलियो भने उता हर्कले पनि बृक्षरोपण गर्दै धरानलाई हरियाली बनाउने अभियान चलाए ।

बालेनको कामलाई प्रसंसा गर्दै आज हर्कले एउटा स्टाटस लेखेका छन् । झट्ट हेर्दा स्टाटस एक सुरक्षाकर्मीमा केन्द्रीत भएको देखिएपनि उनले बालेनको कामलाई प्रसंसा गरेका हुन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सुरक्षा निकाय फितलो भयो भने राज्य कमजोर हुन्छ ! यी व्यक्तिको काम गराइ मलाई मन परो ! स्वाबास….’

काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको एउटा स्क्रिनसट फोटो शेयर गर्दै हर्कले स्वाबास भनेका हुन् । उक्त फोटोको क्याप्सनमा लेखिएको छ, ‘मेयर बालेनलाई अबैध संरचना र अबैध मान्छेहरुसंग जुधेर सहायता गर्ने, हरेक चुनौतिसंग लडेर सुरक्षा दिने र सफल बनाउने काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे ज्युलाई उच्च सम्मान ।’ उनका यो स्टाटसले बालेनले काठमाडौँमा राम्रो काम गरेको भन्दै समर्थन र प्रसंसा गरेको अर्थ लागेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार