रामचन्द्र पौडेलले हटाए छोरी संज्ञाको नाम

२०७९ आश्विन ६, बिहीबार १३:१५ बजे

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाएका छन् । नेपाली कांग्रेसको समानुपातिकको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा, तथा पार्टीका शीर्ष नेताहरु र आफन्त परेको भनेर आलोचना भइरहेका बेलामा पौडेलले भने आफ्नी छोरी संज्ञाको नाम समानुपातिकको सूचीबाट हटाएका हुन् ।

संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो । जेठमा घरको छतबाट चिप्लिएर लडेपछि लामो समय ट्रमा सेन्टरमा उपचार गराएर घरमा थेरापी गराएर आरम गरिरहेकी छन् ।

तर असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुचीको नाम बुझाउने बारेमा छलफल भइरहदा पौडेलले छोरी संज्ञाको नाम हटाएका हुन् । पौडेलले गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले असहमति जनाउँदा जनाउँदै पनि छोरी संज्ञाको नाम हटाएको स्रोतले बताएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार