स्वतन्त्र चुनाव लड्न लागेका युवालाई एमालेमा भित्र्याए ओलीले

२०७९ आश्विन ६, बिहीबार १३:३७ बजे

काठमाडौं : अब्दुस मिया काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने चर्चा थियो । चर्चा चलिरहेकै बेला उनी बिहिबार नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले एमाले प्रवेश गरेका हुन् । मिया यसअघि साझा विवेकशील पार्टीमा सक्रिय थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार