सिंगो बलिउडलाई रुँवाउदै अस्ताएका कमेडियन राजुको आज अन्तिम संस्कार गरिदै

२०७९ आश्विन ६, बिहीबार १४:०४ बजे

मुम्बई : ४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको बुधबार बिहान निधन भयो । उनको स्वास्थ्य लाभको कामना गरिरहेकाहरू उनको निधनसँगै दुःखी बनेका छन् । उनको अहिले अन्तिम संस्कारको तयारी चलिरहेको छ ।

यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ । एम्स फरेन्सिक विभागका प्रमुख डा। सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए । ‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ । पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन् ।

उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन् । ‘सुरुवातमा जब उनलाई एम्समा ल्याइयो, उनी होसमा थिएनन् । परिवारले हामीलाई जिममा दौडिरहँदा लडेको बताएका थिए । जसकारण हामी स्पष्ट हुन सकेनौं । त्यहीकारण हामीले पोस्टमार्टम गर्ने निर्णय लिएका हौं’, उनले भनेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार