काठमाडौं एयरपोर्टमा साफ च्याम्पियनसिप विजेता फुटबलरको लगेज चोरी

२०७९ आश्विन ६, बिहीबार १४:१४ बजे

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियन फुटबलर कृष्णा रानी सरकार र शम्सुन नाहरको लगेजबाट डलर, कपडा र अन्य सामान हराएको आरोप लागेको छ । बुधबार (२१ सेप्टेम्बर) नेपालबाट ढाका फर्किएपछि हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त घटना भएको हो ।

बंगलादेशको मिडिया द बिजनेस स्ट्याण्डर्डका अनुसार कृष्णाका बुवा वासुदेव सरकारले सञ्चारमाध्यमलाई भने, “मेरी छोरीले मलाई बिहान फोन गरिन्, उनी निकै निराश थिइन्। कृष्णाले मलाई उनको लगेजबाट ४ सय डलर चोरी भएको बताइन्। शम्सुन नाहरको लगेजबाट केही नेपाली मुद्रा र कपडा पनि हराएको थियो।”

निराशा व्यक्त गर्दै बंगलादेश महिला फुटबल टोलीका सहायक प्रशिक्षक महबुबुर रहमानले भने, “विमानस्थलमा अवतरण गरेपछि, मलाई थाहा भयो कि हाम्रो टोलीका कृष्णा, शम्सुन नाहर र फिजियोथेरापिस्टका धेरै सामानहरू हराइरहेका थिए। उनीहरूबाट पैसा पनि हराइरहेको थियो। सामान पनि।”

“हामीले तुरुन्तै किरण (महफुजा अख्तर, बंगलादेश फुटबल महासंघ महिला विंग अध्यक्ष) लाई यो कुरा रिपोर्ट गर्‍यौं। उनले पहिले नै बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई सम्पर्क गरिसकेकी छिन्। आशा छ, यस सम्बन्धमा समाधान हुनेछ,” उनले थपे।

बुधबार बिजेता फुटबलरहरु विमानस्थलमा अवतरण गरेपछि चरम अस्तव्यस्तताको अवस्था सिर्जना भएको थियो । धेरै मानिसहरु बिहानैदेखि विमानस्थलबाहिर पर्खिरहेका थिए । विमानस्थलको भिआईपी लाउन्जमा क्यामेरासहित सयौं पत्रकारको भीड थियो । अध्यागमनपछि महिला फुटबलर आउने भनिएको सडकमा पत्रकारको भीड थियो जसका कारण पत्रकार सम्मेलन गर्ने योजना पनि रद्द भएको थियो । खेलाडीहरू पछि छत खुला भएको बसमा चढे।

तर, सबिना र कृष्णाको लगेज एयरपोर्टको ब्यागेज बेल्टको एक छेउमा बेवारिसे थियो । बुधबार त्यहाँ उपस्थित केही अधिकारीहरूले भने, “यो लगेज कसको हो? किन कसैले लिएको छैन?” त्यसपछि बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले खेलाडीहरूको लगेज संकलन गर्‍यो। तर केही खेलाडीहरू बीएफएफ भवनमा पुग्दा आफ्नो लगेजको ताला फुटेको पाए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार