आज पनि घट्यो नेप्से

२०७९ आश्विन ६, बिहीबार १७:१२ बजे

काठमाडौँ : शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झण्डै १० अंकले घटेर १ हजार ८ सय ३८‍.९६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ०.५३ प्रतिशतले कम हो ।

असोज महिनादेखि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका छन्। ब्याजदर बढ्न थालेपछि निरन्तर जसो शेयर ओरालो लागेको छ । सोही क्रमले बिहीबार पनि निरन्तरता पाएको जानकारहरू बताउँछन्। आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५६ प्रतिशतले र लघुवित्त उपसमूहको परिसूचक १.०४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । बिहीबार २ सय २९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता शेयर किनबेच भएको छ । ती किनबेचमा ६५ करोड ५७ लाख ५ हजार १ सय ६९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधवार ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बिहीबार साताको अन्तिम कारोबार दिन हो । यसअघि शुक्रबार पनि शेयर कारोबार हुँदै आएकोमा यही असोजदेखि नेप्सेले शुक्रबारको कारोबार बन्द गरेको हो । उक्त निर्णयका आधारमा भोली देखिका सबै शुक्रबार शेयर बजार बन्द हुनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार