रवि लामिछाने उक्लिए दोस्रो स्थानमा, कृष्णभक्तको अग्रगता कायमै

२०७९ मंसिर ६, मंगलवार ०७:२३ बजे

काठमाडौं : चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् ।

मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो स्थानमा उक्लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्याएका छन् । श्रेष्ठले २०३६ मत पाएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार