काठमाडौं ८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो

२०७९ मंसिर ६, मंगलवार ०८:२९ बजे

काठमाडौं : काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।

श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २०९० र राप्रपाका प्रकाश रिमालले १३८२ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार