सल्यानमा प्रतिनिधि र प्रदेशसभाका सबै सिटमा गठबन्धन अगाडि

२०७९ मंसिर ६, मंगलवार १०:३२ बजे

सल्यान : जारी मतगणना अनुसार सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ। १ प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको सल्यानमा सत्ता गठबन्धनले अग्रता लिएको छ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ८ हजार नौ सय ७ मत प्राप्त गरी फराकिलो मतान्तरमा हुँदा ज्वालाका प्रतिस्पर्धी स्वतन्त्रका राजेन्द्रबहादुर शाहले ४ हजार १ सय २८ मत प्राप्त गरेका छन्।

यहाँ एमाले तेस्रो स्थानमा देखा परेको छ। एमालेका राजेन्द्रवीर रायले २ हजार ४ सय २८ प्राप्त गरेका छन्। यस्तै प्रदेशसभा (क) र (ख) पनि गठवन्धन अगाडि देखिएको छ। प्रदेश (क) मा माओवादीका भिमप्रकाश शर्माले ४ हजार ३ सय ६९ मत प्राप्त गर्दा एमालेका कुलबहादुर गिरीले २ हजार २ सय ५ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारिले ३ हजार ५ सय ७० मत प्राप्त गरी अगाडि रहदा एमालेका गुलाबजंग शाहले ३ हजार ४ सय ४४ मत प्राप्त प्रापत गरेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार