काठमाडौंमा लौरो- प्रदेशसभामा शैलेन्द्रमान विजयी

२०७९ मंसिर ६, मंगलवार ११:२१ बजे

काठमाडौं : काठमाडौंमा लौरो चुनावचिन्हबाट पहिलो उम्मेदवार विजयी भएका छन् । काठमाडौं-८ को प्रदेशसभा (क) बाट शैलेन्द्रमान बज्राचार्यले जित निकालेका हुन् ।

प्राप्त परिणाम अनुसार हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४ सय ६२ मत पाएका छन् । एमालेका उम्मेदवार ३ हजार ७ सय ११ मतमा रोकिए । कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ७० मत ल्याएका छन् ।

यो क्षेत्रमा लौरोका सुमन सायमी र घण्टीका विराजभक्त श्रेष्ठबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतगणनामा सायमी पछि परेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार