सप्तरी २ मा सीके राउत जित नजिक

२०७९ मंसिर ६, मंगलवार ११:३२ बजे

जनकपुर : मधेश प्रदेशमा जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरु पछाडी परेका छन्। मधेश प्रदेशमा ठूलै शक्तिको रुपमा उदय हुन लागेको सिके राउत नेतृत्वको जनमत पार्टी अधिकांश क्षेत्रमा प्रत्यक्ष तर्फ पछाडी परेपनि राम्रै मत तानि रहेको छ। जनमत समानुपातिक तर्फ मधेश प्रदेशको सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको छ।

जारी मतगणना अनुसार जनमत पार्टीका अध्यक्ष डा.सिके राउत सप्तरी २ मा जीत तर्फ अग्रसर छन्। राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पछाडि छाडेका छन्। ताजा मतपरिणाम अनुसार राउतले १३ हजार २ सय ९५ मत ल्याउँदा यादवले ६ हजार ५ सय ७० मत मात्रै प्राप्त गरेका छन्। राउत र यादवबीच ६ हजार ७ सय २५ मतको मतान्तर छ। त्यस्तै लोसपाका जयप्रकाश ठाकुर २ हजार ६ सय २ मत ल्याएर तेस्रो स्थानमा छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार