काठमाडौँ- ४ मा गगन थापाको शानदार विजयी

२०७९ मंसिर ६, मंगलवार ११:४६ बजे

काठमाडौं : काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे ।

थापाको यो क्षेत्रमा सदावहार तेस्रो जित पनि हो । यसअघिको आम निर्वाचन २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए भने २०७० को संविधानसभा निर्वाचनमा पनि गगनले एमालेका निर्मल कुँइकेलसँग जित हात पारेका थिए । उनी पहिलोपटक २०६४ को संविधासभा निर्वाचनमा समानुपातिकबाट साभासद बनेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार