चितवन-२ मा १० हजार बढी मत गन्दा एमालेका कृष्णभक्त अगाडि, रवि लामिछाने तेस्रो

२०७९ मंसिर ६, मंगलवार ११:४७ बजे

चितवन : चितवन क्षेत्र नम्बर २ मा १० हजार बढी मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले निरन्तर अग्रता कायम राखेका छन्।

१०४६८ मत गणना हुँदा पोखरेलले ३६२३ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २९७८ मतसहित तेस्रो स्थानमा छन्।

अहिलेसम्म इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार