विश्वकपमा आज चार खेल

२०७९ मंसिर ६, मंगलवार १२:०३ बजे

फिफा विश्वकप २०२२ कतारअन्तर्गत आज चार खेल हुँदैछन्। पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबीच भिडन्त हुँदैछ। समूह ‘सी’ को यो खेल नेपाली समयअनुसार दिउँस ३:४५ बजे सुरु हुनेछ। यता समूह ‘सी’ कै अर्को खेलमा मेक्सिको र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल राति ९:४५ मा सुरु हुनेछ।

त्यसअघि समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसिया साँझ ६:४५ बजे भिड्नेछन्। दिनको अन्तिम खेलमा समूह ‘डी’ को साविक विजेता फ्रान्स र अस्ट्रेलियाबीच मध्यरात १२:४५ बजे प्रतिस्पर्धा हुनेछ।

आजका खेल
अर्जेन्टिना भर्सेस साउदी अरेबिया : दिउँस ३:४५ बजे
डेनमार्क भर्सेस ट्युनिसिया : साँझ ६:४५ बजे
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९:४५ बजे
फ्रान्स भर्सेस अस्ट्रेलिया : राति १२:४५ बजे

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार