रूकुम पश्चिममा जनार्दन शर्माको सुरूआती अग्रता

२०७९ मंसिर ६, मंगलवार १२:०८ बजे

रूकुम : रूकुम पश्चिममा प्रतिनिधि सभातर्फ नेकपा मओवादी केन्द्रका जनार्दन शर्मा ‘प्रभाकर’ले सुरूआती अग्रता लिएका छन्। पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये शर्माले ३५९ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार दिपक कुमार मल्लले ७० मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले २ मत ल्याएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार