६० यात्रु काठमाडौंमै छाडेर वायुसेवा जब दोहा उड्यो…

२०७९ मंसिर ६, मंगलवार १२:२६ बजे

काठमाडौँ : चुस्त व्यवस्थापन नभएकै कारण नेपाल वायुसेवा निगमको बिहीबार राति ११ बजे कतारको दोहा उड्ने जहाजले ६० जना नेपाली यात्रुलाई पहिले नै जानकारी नदिई काठमाडौंमै छाडेर उडेको छ ।

यात्रुहरूले नागरिक उड्डयन प्राधिकरणमा बुझाएको सामूहिक उजुरीका अनुसार, विहीबार ८ बजे बोर्डिङ पासका लागि चेकइन काउन्टरमा पुग्दा निगमको यात्रु सेवा विभागका कर्मचारीले त्यहाँ पुगेपछि मात्रै ‘ओभर–बुकिङ’ भएको बताउदै काउन्टर बन्द भइसकेको भनी ती ६० यात्रुलाई बोर्डिङ पास दिएनन् ।

दसैं तिहारलगायत बिदामा स्वदेश आएर फर्किन लागेका ती नेपाली यात्रुहरुले ‘त्यहा खटिएका निगमका कर्मचारीहरुले १ सय ५८ सिट मात्रै भएको निगमको न्यरोबडी विमान भित्र सिट भरिसकेकाले लैजान नसकिने’ बताएको उजुरीमा लेखिएको छ ।

वायुसेवाहरूको नियमनकारी निकाय प्राधिकरणमा शुक्रबार उजुरी दिन जम्मा भएका ती यात्रुहरूले काउन्टरमा निगमको यात्रु सेवा विभागबाट त्यहाँ खटिएका कर्मचारीहरुले दुर्व्यवहार पनि गरेको उल्लेख गरेका छन् ।

‘समयमै काममा फर्किन नपाएकाले कतिपयको जागिर गुमेको र समय खेर गएको’ उल्लेख गर्दै ती यात्रुहरुले निगमलाई कारबाहीको माग गर्दै क्षतिपूर्ति मागेका छन् । उनीहरूले पूर्वजानकारी नदिई निगमले आफूहरूको नउडाएकोमा कारबाहीको माग गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार