सप्तरी २ ‘ख’ मा महेश यादव विजयी

२०७९ मंसिर ६, मंगलवार १२:३८ बजे

मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ। सप्तरी २(ख)मा प्रदेशसभामा जनमत पार्टीबाट उम्मेदवारी दिएका महेश यादव विजयी भएका हुन्। जनमता उम्मेदवार यादवले १३ हजार ३ सय २५ मत ल्याएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत मात्रै ल्याउन सकेका छन्। यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

सप्तरी २को (क) मा समेत जनमत पार्टीका सतिश सिंह लगभग जित नजिक छन्। सिंहले ताजा मतपरिणाम अनुसार १४ हजार ३ सय २२ मत ल्याउँदा जसपाका शैलेन्द्र साहले ६ हजार ७ सय ४९ मत मात्रै ल्याउन सकेका छन्। यो प्रदेशसभा क्षेत्रमा गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतान्तर अधिक रहेकाले सिंह समेत यो प्रदेशसभा क्षेत्रमा जित निकालि सकेका छन्।

यस्तै, सप्तरी २ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए। हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन्। यता जनमत पार्टीका नेता कार्यकर्ताहरुले त्यहाँ विजय जुलुश निकाल्ने तयारी समेत गरि सकेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार