इलाम १ मा ७ सय मतले पछि झलनाथ

२०७९ मंसिर ६, मंगलवार १४:०० बजे

इलाम : इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राख्दै नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाललाई निरन्तर पछि पारिरहेका छन्। बस्नेत अहिले ७ सयभन्दा बढी मतले अघि छन्।

पछिल्लो मत परिणाम अनुसार बस्नेतले ६६४६ मत प्राप्त गरेर अग्रता जोगाइराख्दा खनालले ५९४३ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ७९३, राप्रपाका तोयानाथ शर्मा सापकोटाले ४८७ मत प्राप्त गरेका छन्। इलाम १ मा गणना जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार