अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी

२०७९ मंसिर ६, मंगलवार १४:२२ बजे

काठमाडौँ : अर्घाखाँचीबाट प्रतिनिधिसभामा नेकपा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाललाई करिब २५ सय मतले पराजित गरेका हुन्। पछिल्लो नतिजा आउँदा रायमाझी ३ हजारभन्दा धेरै मतले अगाडि थिए।

यससँगै एमालेले प्रतिनिधिसभामा दोस्रो जित निकालेको छ। यसअघि ललितपुर २ प्रेमबहादुर महर्जन विजयी भइसकेका छन्। उनले ११ हजार ६५२ मत ल्याउँदा कांग्रेसकी पुष्पा भुसाल ९ हजार २४१ मतमा समेटिएकी छन्। एमालेका सचिव समेत रहेका रायमाझी अर्घाखाँचीमा एक्लै चुनावी मैदानमा थिए।

तत्कालीन नेकपामा विभाजन हुँदा उनी माओवादी केन्द्र छाडेर एमालेकै समूहमा बस्दा सांसद पद पनि गुमाएका थिए। तर अहिले उनले माओवादी र कांग्रेसको समेत भोट तानेर आफूलाई संसद यात्रा गराउन सफल भएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार