एमालेका उम्मेदवार लेखराज भट्टलाई मार्ने धम्की दिने दुई पूर्व लडाकु पक्राउ

२०७९ मंसिर ६, मंगलवार १४:२९ बजे

काठमाडौँ : कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टलाई मार्ने धम्की आएको छ।भट्टलाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान धनगढी १४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका २ का दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले अत्तरियास्थित भट्टको घरमै पुगेर घम्की दिएको सूचना आएपछि पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले बताए। पक्राउ पर्ने दुवैजना माओवादीका पूर्व लडाकुहरु हुन्।

भट्टका कार्यकर्ताले धम्की दिएको जानकारी गराए पनि अहिलेसम्म प्रहरीमा जाहेरी दिएका छैनन्। पक्राउ परेका दुवै जनाले भट्ट आफ्नो नेता भएकाले गुनासो गरेको प्रहरीलाई बताएको राठौरले जानकारी दिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार